रुपन्देहीको बुटवलबाट प्रतिस्पर्धामा गएकी तेरिया मगर 'डीआइडी लिल मास्टर्स' को यस पटकको सिजनमा टप ८ मा पुगिसकेकी छिन् ।

आफ्नो फेसियल एक्सप्रेसन र नृत्यबाट जजहरुलाई मन्त्रमुग्ध पार्दै आएकी उनी फाइनलिष्ट बन्ने अपेक्षा समेत गरिएको छ । उनले गरेको प्रत्येक नृत्यमा जजहरुले खुलेर प्रशंसा गरेको देखिन्छ ।
उनको पछिल्लो नृत्यमा मिथुन चक्रवर्तीले नेपाल सुन्दर देश भएको भन्दै तेरियालाई नेपालकी रानीको सज्ञा समेत दिएका छन् । भारतीय टेलिभिजनका रियालिटी शोमा निक्कै उच्चस्तरको प्रतिस्पर्धा हुने गरेको छ । विशाल जनसंख्या भएको देशमा गएर नेपाली चेलीले गरेको यो प्रगति निक्कै प्रशंसनीय छ ।
हेर्नुस् तेरियाले गरेका नृत्यः
0 comments:
Post a Comment