मजदूरीको क्रममा एउटी कन्यासित उनको प्रेम बसेको थियो । तर परिवारले उनीहरुको प्रेम सम्बन्ध अस्वीकार गरिदिए । अनि सोचे अनौठो हर्कत । उनले प्रेमिकालाई अपहरण गरि पुरानो घरको छानामा लगे र घोषणा गरे– अब म यो केटीलाई मारिदिन्छु । उनको हातमा चक्कु थियो ।

त्यतिमात्र हैन, उनले फटाफट आफ्ना कपडा फुकाले र सँगै रहेकी प्रेमिकालाई पनि त्यसै गर्न अह्राए । प्रेमी पुरै नाङ्गै हुँदा प्रेमीको शरिरको तल्लो भागमा मात्र एकसरो बस्त्र बाँकी थियो । उनीहरुको उद्धार गर्न सयौं प्रहरी र सेनाले भवन घेरा हाले । उनीहरुलाई मनाउन आफन्तलाई बोलाइयो, तर उनीहरु पनि नग्न केटाकेटीको अघि पर्न सकेनन् । केटाले धम्काइरहे–‘म यो केटीलाई मारिदिन्छु ।’
करिब पाँच घन्टासम्म छक्याउँदै जोडीले प्रहरीलाई हैरान खेलाए । अन्तिममा केटाले प्रहरीसँग कुरा गर्दै आफुहरुलाई भाग्न कार उपलब्ध गराउन माग गरे । प्रहरीले पनि उसको प्रस्ताव मान्दै कार व्यवस्था गरिदियो । केटोले पाइन्ट लगाए अनि प्रेमिका लिएर कारतिर कुलेलाम ठोके । तर, कार नजिकै पुग्दा प्रहरी केटोलाई नियन्त्रणमा लिन सफल भयो ।

सार्वजनिक ठाउँमा हत्याको धम्की दिएको अभियोगमा अब उनलाई बर्षौं कैद हुनसक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । अझै पनि यो जोडीलाई परिवारले साथ दिएको छैन । (एजेन्सीको सहयोगमा)
0 comments:
Post a Comment