''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » मेरो रसियन ब्यायफ्रेन्ड छ : जेनिशा केसी

मेरो रसियन ब्यायफ्रेन्ड छ : जेनिशा केसी

Written By Anonymous on Wednesday 7 May 2014 | 22:14

गिरफतार फिल्मबाट सिनेक्षेत्रमा प्रवेश गरेकी नायिका जेनिशा केसी कलिउडमा खासै जम्न सकेकी छैनन्। करिब एक वर्ष बेलायतमा बसेर नेपाल फकिर्एकी उनी हालै प्रदर्शनमा आएको चलचित्र आधी बाटोमा देखापरिन्। एक समय नायक बिराज भट्टकी प्रेमिकाकी रुपमा समेत चिनिएकी उनै जेनिशासँग यसपटकको कुराकानी
तपाईँको नाम नायक विराज भट्टसँग पनि जोडिने गर्छ नि?
-
नेपाली फिल्म क्षेत्रमा पात हल्लिन हावा चल्नै पर्दैन। यहाँ कागले कान लग्यो भन्यो भने कान छुनेभन्दा पनि कागको पछि लाग्ने बढी हुन्छन्। ती सबै हल्ला थिए। विराज भट्टसँग त्यस्तो केही पनि थिएन र छैन पनि।
धेरैजसो फिल्म विराटकै सिफारिसमा खेल्नुभएको होइन र?
- त्यो त पक्कै हो। कोही कलाकारसँग राम्रो मित्रता भयो भने तपाईंले भनेजस्तो सिफारिस हुन्छ। अहिले मेरो यश कुमारजीसँग राम्रो सम्बन्ध छ। भोलि मैले खेल्ने फिल्ममा निर्माता र निर्देशकले कुन हिरो राख्ने? भन्नुभयो भने म सिधै यशकुमार भनिदिन्छु। राम्रो मित्रता भयो भन्दैमा कोही पनि विशेष व्यक्ति हुन सक्दैन। बिराजजीसँग मेरो कुनै विशेष खालको सम्बन्ध हैन।
कस्तो सम्बन्ध हो त?
- अहिले पनि म उहाँसँग ‘किप इन टच’ मा छु। नेपाल आएको बेला म उहाँको घरमा जान्छु। उहाँको छोराको बर्थडे पार्टीमा जाने गरेको छु। म उहाँको परिवारको सदस्य जस्तै हुँ। मेरो आफ्नै ब्याइफ्रेन्ड छ।
आफ्नो ब्वायफ्रेन्डको बारेमा बताइदिनुस् न त!
- मेरो ब्वायफ्रेन्ड रसियाको हो। तीन वर्ष भयो, हामीबीच प्रेम चलेको। म युके गएको बेला उहाँसँग भेट भएको थियो। उहाँ मेरो दिदीको साथी पर्नुहुन्छ। उहाँ नेपाल आएपछि उचित समयमा प्रेसममिट नै राख्छु। अरु कुराचाहिं सस्पेन्स नै राखौं होला। (हा हा हा…)
अनि बिहे पनि गर्ने कि?
- बिहेचाहिं तत्काल नगर्ने सुरमा छु। बिहेबारे त्यस्तो केही तयारी भएको छैन। अझै फिल्म क्षेत्रमा केही गरौं भन्ने सोच छ। केही सपना पूरा भएपछि बिहे गर्छु।
सात वर्षसम्म पनि फिल्म क्षेत्रमा खासै जम्न सक्नुभएन नि?
- हो, केही कमीकमजोरी मेरो पनि छ। म सबैसँग घुलमिल हुन सकिनँ। फिल्म मेकर्सलाई मैले कहिल्यै फोन गरिनँ। आएको फिल्म पनि स्त्रि्कप्ट हेरेरै गरें। खेलेजति फिल्ममा मेरो भूमिका राम्रै लाग्छ। तर, पछिल्लो समय मैले धेरै फिल्म ‘रिजेक्ट’ गरें।
किन रिजेक्ट गर्नुभयो?
- किनभने फिल्म मार्केट पहिलाजस्तो छैन।
पहिला र अहिलेको फिल्मको बजारमा के भिन्नता छ र?
- पहिला फिल्मको गुणस्तरमा ध्यान दिइन्थ्यो, अहिले संख्यामा ध्यान दिइन्छ।
तपाईं फिल्म स्वीकार वा अस्वीकार गर्न केलाई आधार मान्नुहुन्छ?
- मेरो ध्यान जहिले पनि गुणस्तरमा जान्छ र जानेछ पनि।
source : nepal24hrs

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS