
आनी यूनिसेफको दूत बन्ने पहिलो नेपाली सेलिब्रेटी हुन् । राष्ट्रपती डाक्टर रामबरण यादवले शितल निवासमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई यूनिसेफको दूत घोषणा गरेका हुन् । उक्त इभेन्टमा युनिसेफको नयाा गीत पनि सार्वजनिक गरिएको थियो । दुर्गालाल श्रेष्ठले लेखेको उक्त गीतलाई युनिसेफले सार्वजनिक गरेको हो । न्यूह बज्राचार्यले संगीत भरेको गीतमा आनिकाका साथै रामकृष्ण ढकाल, सुजिल कर्माचार्य, श्रुतिराज्य लक्ष्मी, रेखा शाह, सिने गुरुङले स्वर दिएका छन् ।
‘फूलको आखामा फूलै संसार’ जस्तो चर्चित गीतकी गायिका आनीले बालबालिकाको बिषयमा आवाज उठाउँदै आएकी छिन् ।
0 comments:
Post a Comment