''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » जिप दुर्घटना: ४ को मृत्‍यु १० जना घाइते

जिप दुर्घटना: ४ को मृत्‍यु १० जना घाइते

Written By Anonymous on Saturday 19 April 2014 | 22:49

७ वैशाख, गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १० जना घाइते भएका छन् । गुल्मीको दरवारदेवीस्थल-८ म्यालपोखरावाट सदरमुकाम तम्घासतपर्फ आउँदै गरेको लु १ ज २५२९ नम्बरको जिप आइतवार विहान म्यालपोखराको उकालो बाटोमा पिकअप लिन नसकेपछि दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको घटनास्थलमै र अन्य तीन जनाको उपचारका जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक धनवहादुर रावतले जानकारी दिए ।



उनका अनुसार दरवारदेवीस्थल-८ म्यालपोखराका ९ वर्षीय विवश सारु मगरको घटनास्थलमै मृत्यु भएको हो । उपचारका क्रममा ज्यान गुमाउनेहरुमा दरवारदेवीस्थल-८ म्यालपोखराकै २४ वर्षीय भविन्द्र कुँवर र ५० बर्षीया जमुना खत्री रहेको रावतले बताए । मृतक अर्का एक जनाको भने नाम र बतन खुल्न नसकेको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त जिप सडकवाट झन्डै ७० मिटर तल खसेको छ । घाइते १० जनाकै जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS