गीतसंगीतकै कारण सिनेमा चलिरहेको अवस्था छ यतिबेला सिने बजारमा । यही क्रममा वैशाख १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माया गर ल’ पनि गीतकै कारण चर्चामा छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा सुरेश अधिकारीको संगीत छ । ऋचा सिंह ठकुरी, सौजन्य सुब्बा, मुकेश ढकाल, भूपेन चन्द लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा पूर्णतया प्रेम कथाको वरपरी घुमेको छ । चलचित्रको निर्माण पक्षले नयाँ प्रोमो सार्वजनिक गरेको छ । नयाँ ट्रेलरमा गीतलाई महत्व दिइएको छ । चलचित्रका निर्माता रामकेशर बोगटी हुन् ।


0 comments:
Post a Comment