स्मिताको उक्त नयाँ एल्बमको नाम पनि ‘स्मिता’ नै रहेको छ । यस एल्बममा रहेको एउटा ‘प्रिय तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो भने भर्खरै मात्र छायांकन गरिएको छ ।

यस म्यूजिक भिडियोमा आगामी जेष्ठ ९ गतेबाट प्रदर्शन हुन लागेको नयाँ नेपाली फिल्म ‘मेरो बेष्ट फ्रेन्ड’का प्रमुख कलाकारहरूले अभिनय गरेका छन् । जसमा फिल्मकी नायिका प्रियंका कार्की तथा नायक रेश महरठ्ठाले अभिनय गरेका छन ।
यस म्यूजिक भिडियोमा धिरजजंग शाहको छायांकन रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । यस म्यूजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन ।
अहिले छायाँकन भैरहेको यस म्यूजिक भिडियोसँगै नयाँ एल्बम पनि छिटै बजारमा ल्याउने योजनामा स्मिताले बताएकी छन ।
0 comments:
Post a Comment