''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » आजको राशिफल वि.सं. २०७१ वैशाख ०६ गते शनिबार

आजको राशिफल वि.सं. २०७१ वैशाख ०६ गते शनिबार

Written By Unknown on Friday 18 April 2014 | 21:47

वि.सं. २०७१ वैशाख ०६ गते शनिबार तदनुसार
ईश्वीसन् २०१४ अप्रिल १९
•••
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले
तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् ।
काममा ढिलासुस्ती हुने योग छ, त्यसैले
सानो कमजोरी वा भूलका कारण अपमानित बन्न
सक्नुहुन्छ । सचेत हुनु आवश्यक छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य
विवादले ठूलो रूप लेला तर पनि तपाईङ्कै विजय हुनेछ ।
नआत्तिकन निर्वाह गर्नुहोला ।
सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै
छोटो दुरीको विशिष्ट र
लाभदायी यात्रा पनि हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन चुनौती र
परीक्षणका रूपमा देखा परेको छ । वादविवाद,
मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला ।
व्यापारव्यवसाय र उद्योगधन्दामा फाइदा नै हुनेछ । वैदेशिक
यात्राका लागि गरिएको प्रयास सफल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसम्मानमा बृद्धि हुनेछ । आज
मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले
महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन
वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू
बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ ।
शरीर अअनुभव हुनेछ, आफुलाई
पनि चोटपटकको भय छ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ,
साँझमा अचानक भोगविलासको चाहना हुनेछ ।
विपरीतलिङ्गीसँग सुमधुर सम्बन्ध कायम
हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन सामान्यतया ठिकैको दिन मान्दा हुन्छ । वैदेशिक व्यापार,
कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक
रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले
गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक
काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ,
मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी, कुटुम्ब
वा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज तपाईंले कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । मन दोधार
नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न
सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र
सहयोगीले सरसहयोग गर्नेछन् । यात्राबाट
लाभदायक परिणाम प्राप्त हुने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार
र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र
सट्टाबाजीबाट जोगिनुहवस् ।
नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ ।
परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने
सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक
सभासमारोहमा भाग लिनु पर्नेछ । राजनैतिक क्षेत्रको वातावरणले
मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र
विशेष यज्ञयागादि तथा धार्मिक
कृत्यमा सहभागी हुनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन ।
आम्दानीमा कमी आउने छैन । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त
भएमा कार्य सम्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार
र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ ।
शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै
बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च
होला ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS