''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » बैंकका कर्मचारीलाई गोली हानी साढे ३१ लाख लुटपाट

बैंकका कर्मचारीलाई गोली हानी साढे ३१ लाख लुटपाट

Written By Anonymous on Monday 28 April 2014 | 10:15

नवराज ढुङ्गाना/उज्यालो । पोखरा, वैशाख १५ - (अपडेट) पोखराको न्यूरोडमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाको करिब साढे ३१ लाख रुपैयाँ लुटिएको छ । सहकारीमा संकलन भएको रकम लिएर फर्किने क्रममा यति विकास बैंकका कर्मचारी भगवान बराललाई गोली प्रहार गरी लुटेराहरुले रकम लुटेका हुन् ।

सहकारीमा दिनभर संकलन भएको ३१ लाख ४२ हजार रुपैयाँ यति बैंकमा जम्मा गर्न सहकारीबाट निस्कने बित्तिकै लुकेर बसेका ३ जना लुटेराले बराललाई गोली हानेका थिए । दिउँसो करिब साढे ४ बजे भएको घटनामा गोली लागि गम्भिर घाईते भएका यति विकास बैंकका कर्मचारी बरालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटना लगत्तै प्रहरीले पोखराका सबै नाकामा चेकजाँचलाई कडा पारिएको प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । घटनापछि पोखराको न्यूरोड यतिबेला तनावग्रस्त बनेको छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS