''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » प्रचण्डकी नातिनीको एल्बमको म्यूजिक भिडियोमा प्रियंका र रेशको जोडी (फोटो भिडियो सहित)

प्रचण्डकी नातिनीको एल्बमको म्यूजिक भिडियोमा प्रियंका र रेशको जोडी (फोटो भिडियो सहित)

Written By Anonymous on Wednesday 7 May 2014 | 21:42

काठमाडौ, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी १६ बर्षीया नातिनी स्मिता दाहाल अहिले नयाँ एल्बम रिलिज गर्ने तयारीमा छिन् । स्मिता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन् ।

स्मिताको उक्त नयाँ एल्बमको नाम पनि ‘स्मिता’ नै रहेको छ । यस एल्बममा रहेको एउटा ‘प्रिय तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो भने भर्खरै मात्र छायांकन गरिएको छ ।



यस म्यूजिक भिडियोमा आगामी जेष्ठ ९ गतेबाट प्रदर्शन हुन लागेको नयाँ नेपाली फिल्म ‘मेरो बेष्ट फ्रेन्ड’का प्रमुख कलाकारहरूले अभिनय गरेका छन् । जसमा फिल्मकी नायिका प्रियंका कार्की तथा नायक रेश महरठ्ठाले अभिनय गरेका छन ।

यस म्यूजिक भिडियोमा धिरजजंग शाहको छायांकन रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । यस म्यूजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन ।

अहिले छायाँकन भैरहेको यस म्यूजिक भिडियोसँगै नयाँ एल्बम पनि छिटै बजारमा ल्याउने योजनामा स्मिताले बताएकी छन ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS