''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » श्रीमतिले श्रीमानलाई जोगी बनाए अमेरिकामा, यस्तो हर्कत पनि गर्न सक्छन् नेपाली महिलाले ?

श्रीमतिले श्रीमानलाई जोगी बनाए अमेरिकामा, यस्तो हर्कत पनि गर्न सक्छन् नेपाली महिलाले ?

Written By Anonymous on Wednesday 7 May 2014 | 10:00

श्रीमतिले श्रीमानलाई जोगी बनाए अमेरिकामा

नारी करुणा र दयाकी खानी हुन् । तर, महिलाकै कारण कुनै पुरुष कतिसम्म पीडित र विक्षिप्त बन्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेको छु ।

५० वर्षीय म २५ वर्ष अर्थात् सन् १९८९ देखि अमेरिकामा बस्दै आएको छु । नेपालमा घर तनहुँ हो । एउटी महिलाले आफ्नो स्वार्थपूर्तिका लागि कुनै पर-पुरुषलाई होइन, सँगै मर्ने र सँगै जिउने कसम खाएको श्रीमान्लाई जेलमा सडाउन खोज्नेसम्मको हर्कत गरेकी छन् । कुनै श्रीमान् सफल हुनुका पछाडि श्रीमतीको ठूलो हात हुन्छ । तर, मिचिगन राज्यमा स्वयं सफल व्यावसायिक जीवन बिताउँदै आएको म अहिले आफ्नै श्रीमतीका कारण घर न घाटको अवस्थामा पुगेको छु ।

अमेरिकी मूलकी युवतीसँग विवाह गरेको थिएँ । तर, सन् २००५ मा क्यान्सर रोगका कारण उनको निधन भयो । केही समयपछि क्यालिफोर्निया बसोबास गर्दै आएकी नेपाली मूलकी ५० वषर्ीया कल्पना घिमिरेसँग विवाह गरेँ । काठमाडौंको चाबहिल घर भएकी, तीन छोरीकी आमा कल्पना पूर्वपतिसँग सम्बन्धविच्छेद गरेर अमेरिकामा बस्दै आएकी थिइन् । हाल उनकी जेठी छोरी प्रजिता ज्ञवालीको नेपालमै विवाह भइसकेको छ । बस्नेत थरका युवासँग विवाह गरी अहिले उनी कल्पनाकै घरमा बस्दै आएकी छन् । यता, कल्पना दुई छोरीका साथ अमेरिकामा बस्थिन् । उनीसँग पहिलो भेट व्यापारको सिलसिलामा सन् २००६ मा भएको हो । वैधानिक रूपमा बसोबास गर्दै आएको मसँग कल्पनाको विवाह स्ट्याटस प्राप्तिका लागि मात्र थियो भन्ने कुरा त्यसयताका घटनाक्रमले पुष्टि गरेका छन् ।

विवाहपछि कल्पनाका दुई छोरीलाई पनि आफ्नै छोरीसरह स्विकार्दै आफूसँगै राखेको थिएँ । विवाहपछि गि्रनकार्ड बनाउन उनले आफ्नो नाममा सम्पत्ति देखाउन आवश्यक थियो । मैले सामाजिक परम्पराअनुसार विवाह गरेर भित्र्याइसकेको, अगाध माया र स्नेह गर्ने भएकाले गि्रनकार्ड बनाउन आफ्नो सम्पत्ति नामसारी गर्न कन्जुस्याइँ गरिनँ । नामसारी गर्न मलाई उनै कानुन व्यवसायी खगेन्द्र जिसीले सुझाएका थिए । त्यसबीच कल्पना नेपाल गइन् । यस्तै विविध कारण उनको गि्रनकार्ड बन्न केही ढिलो भयो । पछि खगेन्द्रले उनको रेखदेखका लागि पनि कल्पनाको सहयोग आवश्यक पर्ने अनिवार्य अवस्था देखाएर मलाई मेरो मानसिक सन्तुलन ठीक नभएको मेडिकल रिपोर्ट बनाउन लगाए । कानुन व्यवसायीको सल्लाह मान्दै आफू ठीक हुँदाहुँदै पनि कल्पनाको गि्रनकार्डकै लागि आफ्नो मानसिक सन्तुलन ठीक नभएको रिपोर्टमा सही छाप गरें । त्यसक्रममा मलाई मानसिक सन्तुलन ठीक नभएको उपचारका लागि औषधिसमेत ल्याइयो ।

यसरी केवल गि्रनकार्डकै लागि एउटा सद्दे मानिसलाई कानुनी रूपमै पागल भएको पुष्टि गराइयो । र, गि्रनकार्ड बनाइयो ।

सम्पत्तिसमेत कल्पनाको नाममा गरिदिएपछि कानुनी रूपमै पनि सम्पत्तिको भोगचलन गर्नबाट वञ्चित बनेँ । त्यसयता सम्पत्तिको भोगचलन आफूखुसी कल्पनाले गर्दै आएकी थिइन् । उनले नेपालमा रहेका पूर्वपति बुद्धिप्रसाद ज्ञवालीसँग सम्बन्धविच्छेद गरेको अमेरिकामा गि्रनकार्ड बनाएर बस्ने निहित उद्देश्यका लागि मात्र रहेछ । अहिले पनि पूर्वपतिसँग सम्बन्ध सुमधुर नै छ । मसँग बिहे गरेपछि नेपाल जाँदा पनि उनै पूर्वपतिसँग बसेकी थिइन् । नेपाल गएका बेला एयरपोर्टमा लिनसमेत उनै बुद्धिप्रसाद गएको हुनाले त्यो सम्बन्धविच्छेदको कुनै औचित्य नरहेको बुझिन्छ ।

यतिसम्म पनि ठीकै थियो, त्यसपछि खगेन्द्रकै सल्लाहमा मविरुद्ध जे-जस्तो कदम चालिन्, त्यसले एउटी महिला सम्पत्तिका लागि कतिसम्म क्रूर र निर्दयी बन्न सक्छिन् भन्ने स्पष्ट हुन्छ । विवाह भएको केही समयपछि तीन महिनाको गर्भपतन भयो । के निहुँ पाउँ भनेर बसेका उनीहरूका लागि यही एउटा गतिलो निहुँ बन्यो । र, खगेन्द्रकै सल्लाहमा गत वर्ष कल्पनाले मविरुद्ध घरेलु हिंसाको अभियोगमा मुद्दा दायर गरिन् । कल्पनाका दुई छोरीलाई समेत आफ्नै छोरीसरहको व्यवहार गर्दै आएको मैले उनीहरू कसैलाई कहिल्यै दुव्र्यवहार गरेको छैन । गर्भपतन हुनुमा पनि मेरो कुनै कसुर थिएन । तर, म आफ्ना कुरा व्यक्त गर्न सक्ने हैसियतमै छैन । किनकि मलाई उनीहरूले यसअघि कानुनी रूपमै मानसिक सन्तुलन गुमाइसकेको पागल बनाइदिएका छन् । म पागल हुँदै होइन । पूर्णरूपमा स्वस्थ छु । आफ्नो मानसिक अवस्थाबारे अझै पनि संसारका जुनसुकै अस्पताल र प्रयोगशालामा जँचाउन तयार छु । तर, मलाई उनीहरूले मेरो मानसिक अवस्था ठीक नभएकाले घरेलु हिंसा गरेको झुटा आरोपमा फसाउने प्रपञ्च गरिरहेका छन् । किनकि, उनीहरूले मेरो मानसिक अवस्था ठीक नभएको पुष्टि गराइसकेका छन् ।

अमेरिकामा महिलाविरुद्धको घरेलु हिंसालाई जघन्य अपराधका रूपमा लिइन्छ । कल्पनाका तर्फबाट यो मुद्दामा सम्पूर्ण तारतम्य मिलाउने काम उनै खगेन्द्रले गरेका छन् । अहिले अमेरिकी अदालतमा जारी यो मुद्दा छिट्टै फैसला हुने चरणमा छ । पुरुषभन्दा महिलाको बढी अधिकार भएको अमेरिकामा कानुनी रूपमा चारैतिरबाट पंगु बनाइएकाले निश्चित छ, यदि मेरोविरुद्ध फैसला भएमा काराबासको सजाय भोग्नुपर्ने हुन्छ ।

त्यसैले देश/विदेशका सञ्चारकर्मी, मानवअधिकारवादीलगायत सम्पूर्ण सचेत वर्गसमक्ष मेरो पक्षमा आवाज उठाइदिन विनम्र अनुरोध गर्दछु । मैले कुनै अन्याय गरेकै छैन ।

प्रदीप पौडेल
वेस्टपोर्ट, कनेक्टिकट
अमेरिका
सम्पर्क फोन नम्बरः- १७१८४५०२९५३

फेसबुकमा सम्पर्कका लागि
Pradip Poudel (Lincoln Everest)
Email: pppkpsa@gmail.com

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS