
चन्द्रमामा नेपालको झण्डा फहराउने सपना बोकेका उनले ८० हजार फिट माथि अन्तरिक्षमा नेपाली झण्डा फहराउन सफल भएका हुन् । उनले अन्तरिक्षमा नेपालको झण्डा फहराउनुको साथै नेपालको राष्ट्रिय गान समेत बजाउन सफल भएका छन् ।

अमेरिकाको बोस्टनमा अध्ययनरत लोहनीलाई अन्तरिक्षमा नेपालको झण्डा फहराउनको लागि एक वर्ष अध्ययन गर्नु परेको थियो । अन्तत एक वर्षको अध्ययन र कडा मेहेनतले उनले गत बुधबार आफ्नो लक्ष्य पुरा गर्न सफल भए ।

उनले अमेरिकाको फिसर्स ईण्डियानाबाट बेलुनमा राखेर नेपाली झण्डा अन्तरिक्षमा पठाएका थिए । हेलियम भरिएको बेलुन छेउमा बाँधिएको नेपाली झण्डा ८० हजार फिट उचाईंसम्म फर्फरायो । जब ७० हजार फिट माथि पुग्यो तब नेपाली राष्ट्रियगान बज्न थाल्यो ।
उक्त कामको लागि एकवर्षमा लोहनीले क्यामेरामा प्रोग्रामिङ गर्न, स्क्रिप्ट लेख्ने, मौसम अध्ययन गर्ने लगायत कामकोसमय खर्च गरेका थिए ।
0 comments:
Post a Comment