अन्नपूर्ण |
काठमाडौं : पेटमा एक फिट लामो बाँस घोचिएर छिरेपछि जीवनमरणको दोसाँधमा रहेका फर्पिङका चार वर्षीय बालक सुयश बोहराको शनिबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ।
ग्रान्डीका चिकित्सकले पाँच घज्टा लगाएर शल्यक्रिया गरेका थिए। एक फिट बाँसको छेस्को पेटबाट छिरेरे आन्द्रा हुँदै देब्रे सिर्गौला र फियोको बीच भएर (डायफ्राम) देब्रे छातीसम्म पुगेको थियो। अस्पतालका बालरोग विशेषज्ञ तथा सर्जन डा. आर पी चौधरी र उनको समूहले केही दिनअघि शल्यक्रिया गरेको थियो।

बाँसको छेस्कोका कारण बालकको देब्रे फोक्सोमा रगत जमेको थियो। त्यस्तै आन्द्रा पूरै काम नलाग्ने गरी छियाछिया परेको अवस्थामा शल्यक्रियाबाट आन्द्रा जोडेर पाचनक्रियामा कुनै असर नपर्ने गरी उपचार गरिएको डा. चौधरीले बताए।
चौधरीले सुरु मा बालकको अवस्था अत्यन्तै गम्भीर भएको तर उनलाई बचाउन प्रयास सफल भएकोमा खुसी व्यक्त गरे।
We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....
0 comments:
Post a Comment