''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » फेसबुकले जुरायो आर्यनको बिहे

फेसबुकले जुरायो आर्यनको बिहे

Written By Anonymous on Friday 18 April 2014 | 08:45



नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायक भनेर चिनिने आर्यन सिग्देल बैशाख ६ मा बिबाह बन्धनमा बाधिदै छन् । आर्यनले हिन्दु परमपरा अनुसार आफ्नी प्रेमिका सपना भण्डारी संग बिबाह गर्न लागेका हुन् । केहि बर्ष यता एक्लै बस्दै आएका आर्यनले ५ महिना अगाडी सपना संग इन्गेजमेन्ट गरेका थिए । तर आर्यनले कोर्ट म्यारिज भने पहिले नै गरिसकेका छन् । आर्यनको बिहे बानेश्वरको एक पार्टी प्यालेसमा हुदैछ । आर्यन भोलि रोयल टच दौरा सुरुवालमा सपनालाई लिन जन्तीका साथ् जादै छन् । बुझिए अनुसार आर्यनले शो ड्रेस ‘नोभेम्बर रेन’ को ड्रेस डिजाईनर ईन आर्ट फेशन हाउसबाट तयार पार्न लगाएका हुन् । आर्यनसंग बिबाह बन्धनमा बाधिने जोरपाटी निवासी सपना भण्डारी एमबिए कि बिधार्थी हुन् । आर्यन र सपनाको भेट ४ वर्ष अघि भएको हो । अहिले सामाजिक सञ्जालको लोकप्रियता बढी रहेको अवस्थामा आर्यनको बिबाह पनि फेसबुक कै कारण हुन् लागेको हो । सपना आर्यनकी सिनेमाकी फ्यान हुन् । श्रोतले बताए अनुसार सपनाले आर्यनलाई फेसबुकमा फ्रेन्ड्स रिक्वेस्ट पठाए पछी आर्यन सपनाको फेसबुकमा साथि बनेका हुन् । पछी आर्यन र सपनाको कुरा स्काईपमा हुन् लागे पछी निकटता बढेको हो । श्रोतको अनुसार सपनाले नै आर्यनलाई प्रेम प्रस्ताव राखेकी हुन् । आर्यनले सपनामा आफ्नो पर्फेक्ट वाईफको गुण भेटे पछी यी दुई को सम्बन्ध अहिले यहा सम्म पुगेको हो । आर्यनले आइतबार भने सिनेकर्मी, साथीभाई र आफन्तलाई पार्टी दिने तयारी गर्दैछन् । आर्यनलेले बिबाह पश्चात आफ्नो फ्यान निराश न भै खुसि हुने बताउदै आएका छन् । आर्यन भन्छन ‘म एक्लो छु यदि मलाइ केयर गर्ने आउछ भने त मेरा फ्यान खुसि हुन्छन’ ।



यता बैशाख १२ बाट प्रदर्शनमा आउने सिनेमा ‘नोभेम्बरे रेन’ लाई आर्यनको बिहेले असर न पर्ने निर्माता तथा निर्देशकले बताए । यस सिनेमालाई सुबास गिरि ले आर्यन सिग्देल संग मिलेर निर्माण गरेका हुन् भने दिनेश राउत को यसमा निर्देशन रहेको छ । आर्यन सिग्देल इन्टरटेनमेन्ट प्राली र सुवास इन्टरेन्मेन्टको संयुक्त व्यानरमा निर्मित यस सिनेमा भित्र आर्यन सिग्देल , नम्रता श्रेष्ठ , छुल्ठिम गुरुङ र महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS