''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » श्रीमान विदेशमा, नेपालमा श्रीमतीको मस्ती !

श्रीमान विदेशमा, नेपालमा श्रीमतीको मस्ती !

Written By Anonymous on Wednesday 16 April 2014 | 19:20



काठमाडौं । श्रीमान र श्रीमती बाहेकको अन्य यौन सम्बन्ध नेपाली समाजमा प्रतिवन्धित छ । तर, नेपाली समाजमा लुकिछिपी होस या अन्य विभिन्न लोभ लालचमा फसेर अनैतिक यौन सम्बन्ध पछि पछुताउनेहरुको संख्या भने कम छैन ।

अनैतिक यौन सम्बन्धको कारण धेरैले आफ्नो परिवार, धनसम्पत्ति, सामाजिक प्रतिष्ठालाई गुमाउनु परेका छन् त कतिले ज्यानै फालेका छन् । अनैतिक यौन सम्बन्धबाट धेरैको परिवारमा खटपट आएको घटनाहरु दिन दिनै सार्वजनिक भइरहेका छन् भने धेरैले वर्षौ मेहेनत गरेर जोडेको धन सम्पत्ति स्वाहा भएको छ । यस्तो घटनामा प्राय विदेशिकाहरुको श्रीमतीसँग जोडिने गरेको छ ।

दुःखमाथि पीडा

गुल्मीका प्रेम थापा (नाम परिवर्तन) विवाह गरेर केही वर्षको नेपाल वसाइपछि श्रीमती र एक छोरीलाई काठमाडौंको डेरामा राखेर दुवईतिर लागे । दुवईमा उनलाई चिठ्ठा परेजस्तो भयो । वाइन फ्याक्ट्रीमा उनले महिनामै एक लाखभन्दा माथि कमाइ गर्न थाले ।

प्रेमले पाँचवर्ष त्यही कम्पनीमा काम गरे । त्यो बीचमा प्रेमले श्रीमती र छोरीलाई पैसाको कुनै अभाव हुन दिएनन् । बरु छोरीलाई पनि राम्रै बोर्डिङ स्कुलमा पढाए, श्रीमतीलाई पनि छोरीको हेरचार गर्ने जिम्मा दिए अन्य काममा लगाएनन् ।

बीचबीचमा प्रेमले आफूसँग जम्मा भएको रकम काठमाडौंमा जग्गा किन्नको लागि श्रीमतीलाई पठाए, श्रीमतीले जग्गा किनिन् पनि । पछि प्रेमले त्यो जग्गा बेचेर घर किन्नको लागिपनि पैसा पठाए, श्रीमतीले घर पनि किनिन् ।

पाँच वर्षको विदेश बसाईपछि प्रेम काठमाडौंको आफ्नै घरमा बस्ने सपना बोकेर नेपाल फर्किए । तर, एयरपोर्टमा उत्रिएपछि लिन आउँछु भनेकी श्रीमती आइनन् ।

विदेश हुँदा दिनहुँ कुरा हुने श्रीमती लिन नआएपछि उनको मन अलि खिन्न त भयो नै तर पनि कुनै समस्याको कारण नआएकी होलिन् भनेर उनी साथीहरुसँग नयाँ बसपार्कको एउटा होटल पुगे । तर, श्रीमती सम्पर्कमा आइनन् । घरतिर र ससुरालीमा फोन गरेपछि दुई दिनपछि श्रीमती उनको सम्पर्कमा आइन् तर भेट्नलाई निकै आनकानी गरिन् । त्यसपछि प्रेमको मनमा अनेकौं आशंकाहरु उब्जिन थाले, कतै श्रीमतीको हिमचिम अर्कैसँग पो छ कि ?

नभन्दै प्रेमकी श्रीमती उनलाई भेट्न अर्कै पुरुषलाई साथमा लिएर आइन्, प्रेमले सबै सोध खोज गर्दा घर जग्गा केही पनि श्रीमतीको नाममा नभएको थाहा भयो, उनी छांगाबाट खसेजस्तो भए ।

उनकी श्रीमती त अर्कैसँग बाटो लागेकी रहिछन्, न श्रीमती न धन सम्पत्ति । प्रेम प्रशासनको साहरा लिन पुगे तर, कुनै लिखित प्रमाण नभएको र उनकी श्रीमतीको नाममा कुनै चलअचल सम्पत्ति नदेखिएपछि उनले कुनै कानुनी सहारा पाएनन् ।

लाहुरीनी मायाले माया मार्न सकिनन्

त्यस्तै काठमाडौं घर भएकी माया घले (नाम परिवर्तन) आफूले खनेको खाडलमा आफै जाकिए जस्तो भएकी छिन् ।

उनी सिंगापुरे लाहुरेको श्रीमती हुन् । लाहुरे नभएको मौकामा उनले एक जिमखानाको युवक रमेश (नाम परिवर्तन) लाई व्वाइफ्रेन्ड बनाइन् ।

बिस्तारै लाहुरेमा भन्दा जिमर रमेशमा उनको मन बस्दै गयो । उनले रमेशको इच्छा अनुसार खर्च पनि गर्दै गइन् । त्यही सम्बन्धले उनी अहिले तनावमा छिन् ।

जिमर रमेशसँग हिमचिम हुुँदा उनले धेरै नै लगानी गरिदिइन् । उनले रमेशलाई पल्सर मोटरसाइकल किन्नका लागि दुई लाख नगद ऋणको रुपमा दिइन् र पछि पनि रमेशको इच्छाअनुसार गलामा तीन तोलाको सुनको सिक्री र हातमा दुई तोला सुन र हात्तीको पुच्छरको बाला लगाइदिइन् ।

तर माया अहिले त्यही सम्बन्धका कारण तनावमा मात्र छैनन् पुलिस थाना धाउँदा धाउँदा वाक्कदिक्क भएर थाकीसकेकी छिन् ।

रमेश र मायाको सम्बन्ध धेरै दिन टिकेन । रमेशले माया बाहेक अरु युवतीहरुसँग संगत गरेको थाहा पाएपछि उनीहरुको सम्बन्ध टुट्यो तर रमेशलाई दिएको पैसा र सुन मायाले माया मार्न सकिनन् । तर, त्यो पैसा उठाउन पनि सम्भव भएन ।

सुरुमा मायासँग ऋणको रुपमा पैसा लिएको रमेशले अश्वीकार गरे, त्यो लफडा पुलिस थानासम्म पुग्यो । एकातिर प्रेमीसँगको सम्बन्ध चिसियो, पैसा फस्यो, अर्कोतर्फ सिंगापुरबाट श्रीमान पेन्सन पकाएर फर्कंदैछन्, भोलि पैसाको हिसाव किताव माग्यो भने पाँचलाख कहाँ खर्च भएको देखाउने उनलाई अर्को चिन्ता छ ।

पुलिस थानासम्म पुगेको यो लफडामा लेनदेनको कुनै प्रमाण नदेखिएको भन्दै फिर्ता पठाइदिएपछि मायाले यो रकमको माया मार्नु पर्ने अवस्था आएको छ ।

यी त समाजमा सेक्सका कारण भएका घटनाहरुको उदाहरण मात्र हो । यस्ता घटनाहरु दिनहुँ हुने गरेका छन् । लाखौं रकम फसेको छ । पछिल्लो समय त पैसाकै लागि यस्तो अनैतिक यौन साथी खोज्ने घटनाहरु पनि बढ्दै छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS