''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » खतरनाक आंधीले लाखौ अमेरिकीलाइ खतरा , १८ को मृत्यु (भिडियो सहित)

खतरनाक आंधीले लाखौ अमेरिकीलाइ खतरा , १८ को मृत्यु (भिडियो सहित)

Written By Anonymous on Monday 28 April 2014 | 21:29



अमेरिकामा सोमबार सम्ममा आँधीबेरीका कारणले कम्तिमा १८ जनाको मृत्यु भैसकेको छ । आँधिबेरीले दक्षिणी तथा मध्य पश्चिम क्षेत्रमा तुलनात्मक रुपमा बढी असर पुराएको बताइएको छ । आंधीक कारण मृत्यु हुनेमा १० जना अमेरिकाको कार्कान्सार काउन्टीबाट रहेको जानकारीमा उल्लेख गरिएको छ । आइतबार राति घाइते तथा मृत्यु भएका मानिसहरुको सिमित खोजि कार्यलाइ सोमबार सबेरैबाट निरन्तरता दिइएको थियो । खोजि कार्यलाइ दिनभर निरन्तरता दिइएको थियो । आइतबार आएको यस आंधीले १० जनाको ज्यान लिएको थियो । जसमा मृत्यु हुने मध्य २ जना बालबालिका रहेका छन् । दक्षिण तथा मध्य पश्चिममा करिब ३ मिलियन मानिसहरु आंधीको मध्यम स्थरको खतरामा रहेका छन् ।

आंधीका कारणले आर्कान्सासको करिब १८,००० घर तथा व्यापारहरुमा बिजुली काटिएको थियो । सोमबार बिहान सम्ममा आंधीका कारणले कतिजना मानिसहरु हराइरहेको भन्ने जानकारी खोजि दलसंग नभएको बताइएको थियो । मानिसहरुको हराइरहेको जानकारी संकंलन गर्नको निम्ति खोजि दलले रातको समयबाट नै काम सुरु गरेको तर बिजुलीको आपूर्ति नभएकोले त्यस कार्यका पनि समस्या आएको बताइएको छ ।

आंधीले ६० देखि ७० ओटा घरहरु तथा २० व्यापारिक भवनहरु पूर्ण रुपमा बर्बाद गरेको बताइएको छ । करिब ४,२०० जनाको जनसंख्या रहेको यस काउन्टीमा करिब ३ ब्लक चौडा हावाको चक्रवात आएको बताइएको छ । स्रोत : एजेन्सी

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS