भारतको मध्यप्रदेशको राजधानी भोपालबाट करिब ४ सय ६६ किलोमिटर पूर्वको जबलपुरको डिण्डौरीमा अनौठो घटना घटेको छ । विवाहको मण्डपमा दुलहीले बच्चा जन्माएकी छिन् ।
यसबाट रिसाएका बेहुला पक्षले विवाहको काम निकै बेर रोकेका थिए । बेहुलीले मण्डपमा नै बच्चा जन्माएपछि झगडासमेत भयो र जन्ति फर्कने तयारी गर्न थाल्यो । दुलही पक्षकाले दुलाहा पक्षकालाई त्यस्तो नगर्न निकै बेर आग्रह गरे । तर कोही मान्न तयार भएनन् । यसैबीचमा दुलाहाले निकै साहस बटुलेर जन्ति फिर्ता गर्न मानेनन् । नवजात शिशुलाई आफ्नो काखमा राखेर सातफेरा लिए र दुलहीका साथ नवजात शिशलाई पनि लिएर फर्के ।
यी दुईबीच पहिले देखी नै चिनजान थियो र उनीहरूबीच निकै गहिरो प्रेम सम्बन्ध पनि थियो । यस्तै सम्बन्धकाबीच यी दूइले शारीरिक सम्बन्ध समेत बनाएका थिए । यसपछि जब युवती गर्भवती भइन् दुवैले विवाह गर्ने निर्णय गरे ।
यसरी छोराले दुलहीलाई नछाडेपछि बाबुले पनि छोराको खुसी नै आफ्नो खुसी भएको भन्दै समाजले जे भनेपनि आफूले वास्ता नगर्ने बताएका छन् । उनले आफ्नो छोराले यस्तो कदम उठाउन सकेकोमा छोराप्रति गर्व समेत महसुस गरेका छन् ।
विवाह मण्डपमा नै दुलहीले बच्चा जन्माएपछि .,,,
Written By Anonymous on Thursday, 24 April 2014 | 20:51
We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....
0 comments:
Post a Comment