अधिकाँश मानिस आफ्नो असफलताका लागि भाग्यलाई दोष दिन्छन् ।
कति कति भाग्य सम्झेर रुन्छन् पनि ।
यदि तपाँइ पनि भाग्य विग्रेको भनेर चिन्तित हुनुहुन्छ भने पिर नगर्नुस हामी तपाइँलाई रोटीबाटै भाग्य चम्काउने उपाय दिँदैछौं ।
विहान खाना बनाउने बेला बनाएको रोटी मध्ये एउटा छुट्टै निकाल्नुस् । ख्याल गर्नुस् त्यो रोटी अन्य रोटी भन्दा केही ठूलो आकारको हुनु पर्छ ताकि यसलाई ४ टुक्रा पार्न सकियोस ।
रोटीको पहिलो टुक्रा गाईलाई खान दिनुस् र मेरा सबै समस्या समाधान होस भनेर भगवानको प्रर्थना गर्नुस् ।
धर्म ग्रन्थ अनुसार गाइमा सबै देवताको बास हुन्छ यसै कारण गाईलाई नै पहिले रोटी खुवाउनु पर्छ ।
त्यसैगरी दोश्रो टुक्रा कुकुरलाई खुवाउनुस् । शिव पुराणमा कुकुरलाई रोटी दिने समयमा यमराजकोद्धारमा रहेको कालो रंगको कुकुरलाई अन्न अर्पण गर्दछु भन्नु पर्दछ । यसलाई कुकर वली भनिन्छ ।
अव रोटीको तेश्रो टुक्रा कागलाई दिनुस् । धर्मशास्त्रमा यसलाई कागवली भनेको छ ।
रोटीको अन्तिम टुक्रा जुन बचेको छ त्यो भिक्षुलाई दिनु पर्दछ ।
यहि सामान्य प्रक्रिया सँधै गर्ने हो भने तपाइँको भाग्य बदलिने छ ।
रोटीले चम्काउँछ भाग्य (टिप्स सहित),,,
Written By Anonymous on Friday, 25 April 2014 | 23:44
We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....
0 comments:
Post a Comment