''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » कम्प्युटर अगाडी बसेरै यी युवतीले जुटाइन लाखौैं रुपैयाँ पढ्ने खर्च

कम्प्युटर अगाडी बसेरै यी युवतीले जुटाइन लाखौैं रुपैयाँ पढ्ने खर्च

Written By Anonymous on Friday, 25 April 2014 | 07:00

मानिसमा इच्छाशक्ति भएपछि आफुले चाहेको काम पुरा गर्न स्रोत साधनले कहिल्यै रोक्दैन् । पहिले–पहिले मानिसहरु पढ्ने खर्च जुटाउन मेलापात जान्थे, आफ्नो श्रम बेच्थे र दुई चार पैसा जुटाएर पढ्ने खर्च पु¥याउँथे । तर, बेलायतकी वेनेस्सा नोल्सले कानूनको डिग्री पढ्ने पैसा जुटाउन अनौठो तरिका अपनाएकी छन् । २५ वर्षकी उनी लण्डन यूनिभर्सिटीमा कानूनको डिग्री पढ्दैछिन् । उनलाई सानै उमेरदेखि कानून व्यवयासी बन्ने रहर थियो । तर, कानून पढ्न धेरै पैसा लाग्ने भएपछि उनले खर्च जुटाउन विवादास्पद निर्णय लिएकी छन् । उनी लाइब्रेरीमा बसेर आफ्ना २२ हजारभन्दा बढी फ्यानसँग वेब क्याम्पमा च्याट गर्छिन् । जहाँ उनी पढ्दै गरेको अवस्थामा अर्धनग्न तस्वीर समेत पोष्ट गर्छिन् ।



उनी आफ्ना फ्यानहरुलाई आफूलाई चाहिने किताबहरु गिफ्ट दिन प्रोत्साहित गर्छिन् । यसरी उनले वर्षमा ५० हजार पाउण्डसम्म हात पारेकी छन् । सुरु–सुरुमा साथीहरुले उनलाई गिज्याउँथे । तर, उनी आफ्नो मिसनमा लागिरहिन साथीहरुको बेवास्ता गर्दै । उनी भन्छिन–‘विश्वविद्यालय गएको पहिलो साता साथीहरुले मेरो तस्वीरहरु गूगलमा हेरेछन् र मलाई हेरेर हाँस्न थाले । तर, मैले यसलाई बास्ता गरिँन ।’ आफू कक्षामा अनुपस्थित हुँदा प्राध्यापकहरुले टपलेस मोडल र ठूलो बक्षस्थल भएकी विद्यार्थी खै भनेर सोध्ने गरेको उनले सुनाइन् । यो अनौठो काइदाबाट उनले करिव २० हजार फ्यान बनाएकी छिन, जसले उनलाई म्याकबुक ल्यापटपदेखि आरामदायी कुर्सीसम्म किनिदिएका छन् । डिग्रि हाँसिल गरेपछि यस्तो काम छाड्ने र पूर्णरुपमा कानुन ब्यबसायी बन्ने उनको योजना छ । एजेन्सीको सहयोगमा

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS