''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » "अमेरिकामा एक नेपाली युवतीको सवारी दुर्घटनामा मृत्यु "

"अमेरिकामा एक नेपाली युवतीको सवारी दुर्घटनामा मृत्यु "

Written By Anonymous on Saturday 19 April 2014 | 22:11

तोतेबोली बोल्ने एकमात्र सन्तानलाई छाडेर अमेरिका पुगेका नुवाकोटका सहदेव खड्काले धेरै वर्षपछि भेट भएकी आफ्नी छोरी सन्ध्या खड्कालाई ११ महिनामा नै सियाटलमा भएको दुर्घटनामा गुमाउन पुगेका छन् ।



गत १४ अप्रिल सोमबार विक्रम सम्बतको नयाँ वर्ष फेरिंदा १७ वर्षीय सन्ध्या खड्कालाई नर्थइष्ट सियाटलको ५औं एभेन्यु र ११५ स्ट्रिटको इन्टर सेक्सनमा विपरीत दिशाबाट आएको हरियो रंगको फोर्ड रेञ्जर गाडीले ठक्कर दिंदा घटनास्थलमै ज्यान गुमाउन पुगिन् । सधैंझैं गत १४ तारिख बिहान मृतक सन्ध्या कलेज जान बाटो पारी रहेको ४१ नं. को बस समाउन हतार हतार बाटो काट्दै गर्दा दुर्घटनामा परेको अमेरिकाको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनी नर्थ सियाटल कम्युनिटी कलेजकी फुल टाइमर विद्यार्थी थिइन् । भविष्यमा कुशल एकाउन्टेन्ट बन्ने सपना बोकेकी मृतक सन्ध्या कलेजमा नै फूलटाइम काम गर्ने तेजस्वी युवती भएको नेपाल सियाटल सोसाइटीकी पूर्वअध्यक्ष तथा गायिका सीता गुरुङले जानकारी दिइन् । “स्व. सन्ध्या खड्कालाई आप्नो पितासँग भेट्ने ठूलो रहर थियो । उनी ११ महिना अगाडि मात्र अमेरिका पुगेकी थिइन् । अमेरिका गएपछि उत्साही बनेकी उनले अमेरिकाको बारेमा धेरै राम्रा राम्रा कविता पनि लेखेकी छन्”, विगत सम्झँदै सीता भन्छिन् ।

स्व. खड्काको आत्माको चिर शान्तिको कामना गर्दै गत अप्रिल १७ बिहीबार साँझ घटनास्थलमा क्याण्डल लाइट बालेर प्रार्थनासमेत गरिएको थियो । उनको अन्तिम संस्कार भने गर्न बाँकी छ । अन्तिम संस्कारका लागि परदेशको ठाउँमा खर्च जुटाउनुपर्ने भएकाले अर्थ संकलन थालिएको गुरुङले बताइन् । उनले अमेरिकामा रहेका सबै नेपालीहरुलाई स्व. खड्काको अन्तिम दाहसंस्कार लगायतका क्रियाकलापका लागि आर्थीक सहयोगका लागि आग्रह गरेकी छन ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS