सर्प भन्नासाथ धेरैको जिउमा काँडा उम्रन्छ । नजिक पर्ने त कुरै भएन । तर, स्कटल्याण्डका इयान म्याकलिन भने ठूला–ठूला अजिङगरहरुलाई अंगालो मार्छन् र उनीहरुबाटै जीउको मसाज पनि गराउँछन् ।
उनले हालै मात्र चार ठूला डरलाग्दा अजिङगरबाट मसाज गराएका छन् । स्नेक मसाजका लागि उनी फिलिपन्सको एक चिडिया घर गइरहन्छन् ।
एक वर्ष पहिले उनको हातमा चोट लागेको थियो । त्यसबाट मुक्ति पाउन उनी चार अजिङगरहरुबाट मसाज गराउँछन् ।
चारै अजिङगर एकैपटक उनको शरिरमाथि सलबलाउँदा तौल २ सय ५० किलोभन्दा बढी छ । एक पटक अजिंगर शरीरमाथि आएपछि सहयोगीको मदत विना हटाउन सकिँदैन ।
अजिङगर विस्तार यताउता सर्दा जीउलाई निकै आनन्द आउने र निकै अनौठो अनुभव रहेको उनी बताउँछन् । स्नेक मसाज बिधि इन्डोनेसिया, थाइल्याण्ड लगायतका एशियाली मुलुकमा निकै पहिलेदेखि लोकप्रिय छ ।
- एजेन्सी
चार ठूला डरलाग्दा अजिङगरबाट शरीरको स्नेक मसाज गराउने मान्छे !
Written By Anonymous on Thursday, 24 April 2014 | 09:07
We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....
0 comments:
Post a Comment