''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » आजको राशिफल हेरिहल्नुहोस के छ त

आजको राशिफल हेरिहल्नुहोस के छ त

Written By Unknown on Monday 14 April 2014 | 22:15


वि.सं. २०७१ वैशाख ०२ गते मङ्गलबार तदनुसार ईश्वीसन् २०१४ अप्रिल १५ तारिख,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज अपराह्नसम्म दिक्क र झर्को लाग्दो दिन हुनेछ । गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । कुनै खुसीको खबर प्राप्त गर्नुहुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज दिउँसोका तुलनामा साँझको समय त्यति अनुकूल रहने छैन । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । तर बेलुका अचानक निराशाको अनुभूति हुनेछ । किचलो र विवादको स्थिति सिर्जना भएमा आँफू चुप लागेर बस्नु उचित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । साँझमा सन्तति वा भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकाबिहानै सामाजिक र परोपकारका क्षेत्रमा खट्नु पर्नेछ । दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनसक्छ । खर्च अलि वृद्धि हुने समय छ । व्यापारव्यवसायमा तनाव उत्पन्न हुनेछ । प्रेममा धोका हुनसक्छ । आमाबुवाको स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन ठीकै मान्नुपर्छ । व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । मेवा मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । रोकिएका काम बन्नेछन् र स्वास्थ्यमा समेत सुधार हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क भने लाग्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बिहानको समय आज तपाईंका लागि राम्रै छ, तर मध्याह्नको सुरुवातसँगै अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । अध्ययनमा जाँगर चल्ने छैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको पराक्रम र उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र व्यापारव्यवसायमा विशेष फाइदाको योग छ । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ । श्रममूलक काममा सामान्य चुनौतीको सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज तपाईंको आत्मविश्वासमा अभिबृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीमा पनि खुसीको वातावरण बन्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध अत्यन्त राम्रो हुनेछ । तपाईं यदि कुनै पेसामा आबद्ध हुनुहुन्छ भने बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । साँझपख अचानक धन लाभ हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ अनि मात्र आजको दिन अनुकूल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तपाईंले राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS