अभिनेत्री मिथिला शर्माको बिवाह हुने भएको । ५० को वर्षमा रहेकी अभिनेत्री शर्माले पूर्व आइजीपी मोतिलाल बोहरासँग घरजम गर्ने भएकी हुन् । मासिक पत्रिका नेपालसँग अभिनेत्री शर्माले भनेकी छिन्, हामी ०७१ साल भित्र बिहे गर्छौ, यसम ढुक्क भए हुन्छ ।
हुनेवाला पती बोहरासँग ३२ भदौ ०२४ मा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक वर्षपछि नै प्रहरी निरीक्षक भएयता नै नजिकबाट चिन्दै आएको नेपालका रमण घिमिरेसँगको कुराकानीमा अभिनेत्री शर्माले बताएकी छिन् ।
पुलिस क्लब र अन्यत्र कार्यक्रममा पनि उहाँसँग मेरो धेरैपटक भेट भएको हो तर पहिलोपटक कहाँ भेटे भन्ने चाहि सम्झिन सक्तिनु, अभिनेत्री शर्माले भनेकी छिन, जिवनमा मलाई यो निर्णय लिन यति कठिन कहिल्यै भएको थिएन ।
मिथिलाका हुनेवाला पती ७४ वर्षअघि अछामको गजरा गाविस ४ मा जन्मेर भारतमा शिक्षादीक्षा पाएका बोहराका दुई छोरा र तीन छोरी छन् । बोहराकी पत्नी कलाको ५ फागुन ०६९ मा मृत्यु भएको थियो । एक सय नेपाली फिल्म, २५ भन्दा बढी नाटक र १० वटा भावपूर्ण गीति नाटकमा अभिनय गरेकी अभिनेत्री शर्मा भने कन्या हुन् ।
.jpg)
0 comments:
Post a Comment