हेपाटाइटिस ई भाइरस संक्रमित व्यक्ति काठमाडौ आउँदा उसको दिसामार्फत ढल हुँदै खाने पानीमा भाइरस संक्रमण हुनसक्ने शुक्रराज ट्रफिकल तथा सरुवा रोग केन्द्रका डा. शेरबहादुर पुनले बताउनुभयो ।

काठमाडौको ढल व्यवस्थापन उपयुक्त नभएकाले जोखिमको खतरा रहेको उहाँको भनाई छ । काठमाडौमा ४।५ जना मान्छेमा मात्रै हेपाटाईटिस ई को संक्रमण देखिएमा त्यसको असर ठूलो जनसंख्यामा छिटै फैलिने जोखिम रहेको पुनले बताउनुभयो । नीजि अस्पताल वा नर्सिङ होममा यस्ता बिरामी देखिए तत्काल सरकारी निकायमा खबर गरे नियन्त्रणमा सहयोग पुग्नेछ ।
महामारी फैलिएको क्षेत्रका व्यक्ति काठमाडौ वा अन्य ठाउँमा जाँदा जाँच गरेर मात्रै पठाउन सके अरु सहरको जनसंख्या कम जोखिममा पर्ने भएपनि त्यस्तो कुनै संयन्त्र नभएको बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बावुराम मरासिनीले भने काठमाडौमा खानेपानी र सरसफाइलाई ध्यान दिने भएकाले पनि जोखिम कम भएको दिनुभयो ।
उहाँले खानेपानी उमालेर मात्रै पिउने, हात सफा गरेर मात्रै खानेकुरा बनाउने तथा सफा खानेकुरा खाएमात्रै पनि हेपाटाइटिस ई को जोखिम कम हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरसफाइमा ध्यान नदिने हो भने काठमाडौको जनसंख्या पनि ठूलो जोखिममा पर्न सक्छ, तर त्यसैले सरसफाइमा एकदमै ध्यान दिन जरुरी छ ।’
0 comments:
Post a Comment