''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » महान् कथाकारले लेखेभन्दा धेरै महान् प्रेमकथा

महान् कथाकारले लेखेभन्दा धेरै महान् प्रेमकथा

Written By Anonymous on Wednesday 16 April 2014 | 06:43

यो कुनै काल्पनिक प्रेमकथा होइन । वास्तविक कथा हो तर कुनै पनि महान् कथाकारले लेखेभन्दा धेरै महान् प्रेमकथा । यो प्रेमकथा हो, निक भुजिसिक र उनकी श्रीमती कने मियाहाराको । यिनको कथा इन्टरनेटभरी डँढेलोझैँ फैलिएको छ र फैलिरहने निश्चित छ । निक विना हातखुट्टा नै यो धर्तिमा जन्मे । र, उनले आफुले प्रेमिका पाउने कुरा कहिल्यै सोेचेनन् , जोसँग पूरा जिन्दगी बिताउन पाइयोस् ।


'मलाई पटक्कै विश्वास थिएन, मैले कुनै दिन कोही भेटाउने छु जो मँसँग सारा जिन्दगी बिताउन तयार होस् ।' उनले केही पहिला एउटा अन्तरवार्ताका क्रममा भनेका छन् । १० वर्षको उमेरमा निकले आत्महत्याको असफल प्रयास गरे तर त्यसपछि भने कहिल्यै पछाडि फर्केर हेरेनन् । आत्मविश्वास बढाउँदै लगे । हार नमान्ने प्रण लिए । जित्छु भन्ने भिष्मप्रतिज्ञा गरे ।

अनि त एक दिन उनले आफ्नो राजकुमारी कनेलाई भेटाए । पहिलो झमघटमै उनीहरुले एक अर्कालाई मन पराए । ‘जस्तो रुपमा उनी छन् , त्यही रुपमा मैले उनलाई मन पराएँ । मैले शारिरीक भोकलाई प्राथमिक ठानेर त्यो भन्दा पहिले अर्को केटासँग सम्वन्ध स्थापित गरेको थिएँ तर मलाई दिक्क लाग्यो ।

मैले जे खोजेको थिएँ , निकबाट पाएँ ।’ कने भन्छिन्, ‘ऊ भौतिक रुपमा मात्रै मेरो पति होइन, आत्मिय रुपमा पनि मेरै ।’ जब उनले निकलाई २००८ मा भेटिन् , उनलाई निकको आत्मविश्वास र हँसाउने कलाले मोहित पायो । ‘ऊ ह्यान्ड्सम र मेरा लागी योग्य बर थियो ।’ निकलाई पनि त्यस्तै लाग्यो । भन्छन्, ‘चट्याङ परेजस्तो । यो केटी मेरी नै भइदिए हुन्थ्यो भन्ने लाग्यो । नभन्दै..।’

विवाहको प्रस्ताव आयो । पश्चिमा मुलुकमा विवाहको प्रस्तावका लागि औँठी लगाउने चलन छ । धेरैले ठान्लान् , निकले कसरी औँठी लगाइदिए ? तर, यो समस्याको समाधान पनि भयो । निकले अनौठो तरिका निकालिहाले । ‘प्रिय के म तिम्रो हातलाई चुम्न सक्छु ?’ उनले कनेलाई सोेधे । कनेले ठानिन् , निक उनको औँलामा किस गर्दैछन् । तर निकले औठी मुखमा राखेका थिए र जब उनले कनेलाई चुमेझैँ गरे, औठी पनि ठ्याक्कै औालाभित्र पसिहाल्यो । अनि उनले संवत २०१२ मा बिहे गरे ।

‘प्रिय म तिमीलाई माया गर्छु र तिमी के मसँग पूरा जिन्दगी बिताउन तयार छौ ?’ कने भावविह्वल भइन् । आँशु मोती बने ।



कतिलाई लाग्दो हो, निकको शारिरीक अशक्तताको कारण उनीहरुको सम्वन्धमा अप्ठ्यारोपना त आउँदैन ? निक भन्छन् ,‘केही समस्या छैन । ओहो, त्यस्तो छँदै छैन । हामी एक अर्काप्रति बहुत आशक्त छौँ ।’ कने भन्छिन् । ‘उसलाई र मलाई आवश्यक सबै चीज ऊसँग छ ।’ बिहे गरिसकेपछि उनीहरुले अमेरिकाको दक्षिण क्यालिफोर्नियामा घरजम गरे । निक प्रेरणा र आत्मविश्वासका बारेमा लेख र भाषण गर्दै संसार डुल्छन् । कने एउटी असल श्रीमतीका रुपमा घरमै काम गर्छिन् ।

खुशीमाथि अर्को खुशीको कुरो, एक दिन कने गर्भवति भइन् र एउटा स्वस्थ बच्चालाई जन्म दिइन् । निक १९८२ अष्ट्रेलियाको मेल्बर्नमा जन्मे । आफ्नै प्रयत्नमा १७ वर्षमा लाइफ विदवाउट लिम्ब नामको संस्था स्थापना गरे । उनको खुट्टा नभए पनि दुइटा पाइताला छन् र एउटा पाइतालमा दुइवटा औँला छन् । ३२ वर्षे यी युवाले प्रेरणासम्बन्धि भाषण गर्दै विश्वका झन्डै सयौ देश घुमिसकेका छन् । लाखौँका श्रोतामाझ आफ्नो अनुभव साटेका छन् ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS