''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » मलेसियामा दुई नेपालीको मृत्यु

मलेसियामा दुई नेपालीको मृत्यु

Written By Anonymous on Friday 25 April 2014 | 07:09

क्वालालम्पुर, वैशाख १२ – रोजगारीको लागि मलेसियामा रहेका दुई नेपालीको मृत्यु भएको छ । काजाङस्थित सिमोहनियामा कार्यरत एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ भने बातुपहातमा कार्यरत अर्का एक नेपालीले आत्महत्या गरेका छन् ।



सिमोहनियाको निर्वाना कम्पनीमा कार्यरत लुम्फाबुङ ५ पााचथरका वीरेन्द्र राईको कम्पनीबाट होस्टलतर्फ जाादैगर्दा गत आइतबार मोटरसाइकल दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको र अर्का एक नेपाली गम्भीर घाइते भएको स्रोतलाई उल्लेख गर्दै सुन्दर आलेले बताए । घाइते नेपालीको त्यहांको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । करिब ५ बर्षअघि मलेसिया आएका राई गैरकानुनी हैसियतमा थिए । मृतक राईको परिवारको अनुमतिमा मलेसियामै दाहसंस्कार गर्ने तयारी गरिएको जनाइएको छ । यसैबीच आत्महत्या गरी ज्यान गुमाएका फूलखर्क २ धादिङका वीरे नेपालीको शवलाई भने आइतबार नेपाल पठाउने तयारी भइरहेको छ । बातुपहातको एन डब्लु नामक गार्मेन्ट कम्पनीमा कार्यरत ३३ बषर्ीय नेपाली गतसाता बिहीबार होस्टलको ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी रहेको बुझिएको छ ।इकान्तिपुर बाट

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS