''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » रानी मुखर्जीले आदित्यसँग विवाह गरिन्

रानी मुखर्जीले आदित्यसँग विवाह गरिन्

Written By Anonymous on Tuesday 22 April 2014 | 01:34

काठमाडौं, वैशाख ९ - भारतीय अभिनेत्री रानी मुखर्जी र चलचित्र निर्देशक तथा निर्माता आदित्य चोपडाले लगन गाँठो कसेका छन् । उनीहरुले इटालीमा गएर विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यी दुईबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले छिट्टै विवाह हुने चर्चा धेरै पहिला देखि नै चल्दै आएको थियो । तर पनि दुवैले यसमा कुनै टिप्पणी गरेका थिएनन् ।



आदित्य अध्यक्ष रहेको यस राज फिल्मसले दुई जनाको विवाहको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ३६ वर्षकी रानीले अभिनय गरेको पछिल्लो फिल्म मर्दानी रिलिज हुन बाँकी छ । सन् १९९२ मा वियर फुल शीषर्कको बंगाली फिल्मबाट आफ्नो करिअर सुरु गरेकी रानी सन् १९९८ मा कुछकुछ होता हैं र गुलामबाट भने लोकप्रिय भएकी हुन् ।

सन् १९८८ देखि भारतीय सिने क्षेत्रमा संलग्न ४२ वर्षका आदित्य भारतीय सिने कम्पनी यस राज फिल्मसका अध्यक्ष हुन् । उनले दिल वाले दुल्हनियाँ ले जायँगें (१९९५), मोहबतेँ (२०००), रब ने बनाई जोडी (२००८) लगायतका चर्चित फिल्म निर्देशन गरेका छन् ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS