''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » कसरी प्रेममा फस्छन नेपाली चेलीहरु साउदीमा ?

कसरी प्रेममा फस्छन नेपाली चेलीहरु साउदीमा ?

Written By Anonymous on Friday 25 April 2014 | 23:38

- जैबी राई
बाध्यता बिबशताको सांग्लोले बाँधेर गरिबीको चपेटाभित्र रुमल्लिएको जिन्दगी, गाउँमा सयौं हन्डर खाएर शहरमा बाँच्न नसक्ने जिन्दगी अनि भौतारिएका मनहरु, काखभरी लालाबाला, बिहान बेलुका हात मुख जोर्न धौधौ परेपछि बिकल्प खोज्न बाध्य नेपाली चेलीहरुको कथा । यो कथा मात्र होइन वास्तविक यथार्थ पनि हो ।
मैले निक्कै लामो समय गहिरो अध्ययन गरे पश्चात एउटा लेख नै लेखेर सकेसम्म चेतनाको निम्ति यहाँबाट प्रकाशन गर्न मन लाग्यो। मैले राजनीतिक संगठनमा रहेर काम गर्दा होस या सामाजिक सस्था एनआरएनए साउदी अरबमा पदीय जिम्मेवारी सम्हाल्दा होस, बिभिन्न समयमा समस्यामा परेपछि सोध्धै खोज्दै बिभिन्न ब्यक्ति तथा मित्रहरुमार्फत समस्याको ओइरो लाग्ने गर्छन, नेपाली पुरुष मजदुर कामदारहरुको होस या महिला कामदारहरुको होस, मेरो मोबाइलमा समस्या राख्ने र सुनाउने पुरुष तथा महिला कामदारहरु साउदी अरबमा हिसाबकिताब नै राखेको भए झन्डै १०० भन्दा बढी पुरुष नेपाली मजदुरको समस्या हल गर्न सम्बन्धित निकाए नेपाली दुताबास साउदी अरब रियाद देखि नेपालमा मेनपावर कम्पनी सम्म समन्वयकर्ताको रुपमा काम गर्न पुगिएछ, त्यो सबै मेरो रहरले थिएन । मजदुरहरुको वास्तविकता बुझेर वाध्यात्मक परिस्थिति थियो । कतिले मेरो सवालको जवाफ सहज रुपमा स्विकार गर्दै समस्या हल गर्ने र तत्काल पहल थाल्ने आश्वासन पाइयो र तत्काल पहल थालेको पनि पाइयो, कतिलाई समन्वयकर्ताको हैसियतमा सम्पर्क गर्दा गैरजिम्मेवारी जवाफ पाइयो, कतिले तँ को होस ? के होस ? के गर्न सक्छस, तँलाई केको चासो ? कतिले त पत्रकारलाई पनि हामीले कसरी ठीक गर्न जानेका छौं, हेर्लास भन्ने जस्ता धम्कीपूर्ण भाषा बोलेर मलाई धम्काइयो, जो ब्यक्ति जुन मुलुकमा कार्यरत हुन्छ त्यो ब्यक्ति उक्त मुलुकको बारेमा बढी नै जानकारी राख्दछ भन्ने मलाई लाग्दछ, म पनि साउदी अरबमा सामान्य मजदुरको रुपमा कार्यरत छु, उनीहरुले भने जस्तो न त म पत्रकार नै हुँ, न कुनै ठूलै बिशेष माथिल्लो सरकारी निकायमा काम गर्ने ब्यक्ति हुँ, काम गर्दै जाँदा कामले काम सिकेको र आफू सामान्य मजदुर भएकोले यदि म सम्म कुनै पनि मजदुरहरुको समस्या आइपुग्छ भने मैले सकेको सहयोग गर्दै आइरहेको छु ।
हो, म संस्थागत रुपमा पदिय जिम्मेवारीमा विश्वमा स्थापित संस्था एनआरएनए एनसीसी साउदी अरबको महासचिब हुँ भने एनेकपा माओवादी बिदेश बिभाग अन्तर्गत साउदी अरबको पनि महासचिब नै हुँ । तर काम गर्ने ब्यक्तिलाई कुनै पदिय जिम्मेवारी हुनु नै पर्दछ भन्ने मान्यता म राख्दिन । बाध्यात्मक परिस्थितिमा मजदुरवर्गको प्रतिनिधित्व गर्नको निम्ति लिइएका पदहरु हुन । यदि मैले यो जिम्मेवारी ग्रहण नगरेको भए सच्चा मजदुरको प्रतिनिधित्व हुन नसक्ने हो कि भन्ने मेरो चिन्ता थिए । हाल आएर काम गर्ने क्रममा साउदी अरबमा घरमा काम गर्ने महिला कामदारहरुले पनि समस्या सुनाउने गरेका छन् भने कतिले तत्काल उद्दार गरी दिनुहुन अनुरोधसम्म गर्छिन । सुरु-सुरुमा सामान्य सोधपुछपछि तत्काल समस्याको प्रकृति हेरेर कदम चालियो र कतिलाई समस्या भोगिरहेका नेपाली चेलीहरुलाई टेलिफोन सम्पर्ककै आधारलाई विश्वाश गरेर उद्दार पनि गरियो, आफ्नै दिदीबहिनी सोंचेर उद्धार गरियो । तर, वास्तविकता भित्र अर्कै पनि रहेको पाइयो । गहन रुपमा अध्ययन गर्दै जाँदा वास्तविक पीडित नभै बहाना बनाएर सम्पर्कमा आएको पनि पाइयो । भने कतिपय वास्तविक पीडितलाई उद्दार गरियो । बाहना बनाएर उद्दार गरी दिन अनुरोध गर्नेहरुको कथा अत्यन्तै रोचक रहेको छ । टेलिफोन सम्पर्क हुन्छ अनि मालिकले तलब नदिएको, खाना नदिएको, घर जान नदिएको कुटपिट गर्ने, भन्ने जस्ता बहाना बनाउँछन । तर, वास्तविकता अर्कै रहेको छ । यहाँ साउदीमा आएपछि बिभिन्न ब्याक्तिहरुसँग टेलिफोनमा दिनहुँ कुरा हुने गर्दा रहेछन अनि माया प्रेमको कुरा चल्न थाल्दो रहेछ अनि केटा घर जाने भएपछि केटीलाई घर हिंड्न् केटाले दबाब दिन्छन अनि भनेको बेला मालिकले घर पठाउदैन अनि समस्या समाधान हुने ठाउँ केटाले खोज्दै हामी कहाँसम्म आउने रहेछन । सबै कुरा लुकाइन्छ केबल बहाना बनाएको र वास्तविक बुझ्न ग्राहो छैन । सम्पर्कमा रही रहें, केही महिना अगाडि त्यस्तै भयो । यहाँबाट उद्दार गरेर पठाइयो, नेपाल पुगेको एकमहिना पछि सम्पर्क गरेर बिहेको निम्तो पो दिइन । मैले सोधें केटा कहाँको ? उनले भनिन् साउदीबाट सँगै आएको त नि दादा । मैले सोधें म चिन्छ ? उनले भनिन, ‘फलानो हो नि ।’
म छाँगाबाट खसेँ । अनि, वास्तविकता केहो त्यो बुझ्नेतिर लागें । कुरा त ६ महिनासम्म सँगै बसेको पो रहेछ । साउदीको घरबाट भगाएर बाहिर कोठा लिएर बसेका रहेछन् ।
यहाँ खोज्दै जाँदा वास्तविकता भित्रसम्म पुग्दा मैले के सम्म पाएँ भने केटा र केटीबीच मोबाइलमा दिनहुँ कुरा हुन थाले पछि माया प्रेम झांगिंदो रहेछ, अनि कतिपय केटाले बनावटी प्रेमको जालमा फसाएर पैसा खाएर फरार रहेकोसम्म पाइयो । अनि केटाबाट केटी पीडित बन्छ, बल्ल हाम्रो सम्पर्कमा आउँछन, मलाई सहयोग गरी दिनुहोस भन्दै । अनि के हो वास्तविकता बुझ्दा माया गरेर सबै सुम्पिएँ । तर, उस्ले मलाई धोका दियो भन्दै पछुताउँछन् । अनि कसरी विश्वास गर्नु भो त भनेर सोध्दा, दादा अब किन विश्वाश नगर्नु नि भन्ने बेलामा देबी देउराली सबै भाक्छन, त्यति मात्र होइन, सानु तिमीलाई म आकाशको जुन तारा त झारी दिन्छु भन्दिन, चौतारीको आफू भन्दा माथिको पिपलको पात पनि टिपेर त दिन सक्दिन । तर, तिमीलाई म कहिले दुस्ख दिन्न सानु, भनेर बोलाए पछि कसरी विश्वाश नगर्नु भन्छिन । ठगबाट ठगिए पछी बल्ल चेत खुल्छ, जब चेत खुलेर होसमा आउन्छन तब ती पीडितहरुले आफ्नो संसार खोज्न थाल्छन् । पश्चातपमा जल्दैजल्दै कति पीडितले त निस्ठुरीको याद र मायामा छ महिनासम्म रोएर बिताएको कथाहरु सुनाउँछन् ।
साउदी अरब भित्र बाहिर खुलेर ब्यवसाय गर्ने ब्यबसायीहरुबाट ठगिए पीडित भएर उजुरी परे सम्बन्धित निकायसम्म कानुनी कारबाही गरी पाउँ भनी पीडितले निबेदन (उजुरी) दिन सजिलो छ । तर, यहाँ भित्र मुखुन्डोधारी ठग दलालहरुको थुप्रै समूहहरु रहेको रहस्यहरु बिस्तारै खुल्दैछ, त्यस्ता मुखुन्डोधारी दलाल ठगहरु प्रयाप्त प्रमाण नहुँदा सजिलै उम्कने गरेका देखी रहेका छौं । यो एउटा समाजले चुनौतीको रुपमा लिन सकिन्छ भने वास्तविक पीडितहरुको उजुरी पनि आइरहेको छ । तर, बिडम्बना ! यहाँ समन्धित निकाय सरोकार राख्ने सरकार, बिभिन्न गैरराजनीतिक संस्था होस या राजनीतिक संगठन होस, श्रमजीबी मजदुरहरुको हकहित र न्यायको लागि यस्ता बिषयमा खास चासो दिएर काम नगरेको अनुभुति पनि सँगसँगै छ, साउदी अरब भित्र साउदीको घरमा कार्यरत नेपाली दिदी बहिनीहरुको संख्या पनि ठूलै रहेको छ भन्ने अनुमान गर्न सकिन्छ, नेपाली दिदी बहिनीहरु भारतको अबैध बाटो हुँदै साउदी आउने गरेका छन्, गत सालको आममाफी भरि नेपाली दुताबासमा स्वदेश फर्कन आइ पुगेको बाक्लो भीड देख्दा र हाल सालको न्यून संख्यामा दुताबासमा शरण लिन आउने नेपाली दिदी बहिनीहरुको संख्याले स्पस्ट देखाउँछ ।
साउदी अरबमा पुरुष कामदार मात्र होइन, नेपाली महिला कामदारहरु पनि सँख्याको अनुपातमा ठूलै जमात अबैध बनेर काम गरेको रहस्य पता लागेको छ । हाल केही नेपाली दिदी बहिनीहरुले सम्पर्क गरी स्वदेश फर्कन के गर्नुपर्छ जस्ता उत्तरहरु खोज्दै फोन सम्पर्कमा आउनुले यो पुष्टि गरेको छ । कतिपय नेपाली दिदीबहिनीहरु साउदीमा अबैध सम्बन्धबाट तथा जबर्जस्ती करणी भई आमा बन्न पुगेको सबै पक्षबाट लुकाइएका कुराहरु पनि बाहिर आएको छन् । अबैध आमा दुई कारणले बन्ने गरेको रहस्य पनि पत्ता लागेको छ :
(१) साउदी मालिक र उक्त घर मालिकको छोराहरुबाट जबर्जस्ती यौन शोषण तथा बलत्कारबाट नेपाली दिदी बहिनीको भबिष्य अन्धकार भएको छ ।
(२) फोन सम्पर्कबाट झांगिएको प्रेमबाट साउदी मालिकको घरबाट भगाई सुरक्षित ठाउँमा आफू अनुकुल घरमा काम लगाइ दिने र त्यस कार्यमा संलग्न नेपाली, हिन्दी, बंगाली नागरिकहरु पाइएको छ । तर, साउदीमा वास्तविकता भित्रसम्म पुग्न अत्यन्तै कठिन् छ, यदि यस्ता नेपाली दिदीबहिनी सँग फोन सम्पर्क भइहाले पनि कुरा लुकाउने गर्नाले वास्तविकता लुकाएर आफ्नै भबिष्य अन्धकार बनाइरहेका छन् ।
केही दिन अघि यस्तै अबैध सन्तान कि आमा, घर नेपालगन्ज बताउने साउदी अरबको रियादमा एक बर्ष देखि जेल जीबन बिताइरहेकी नेपाली चेलीसँग फोन सम्पर्क गर्न सम्भब भएको थियो । तर उहाँको कुरा सुन्दा बंगालीले साउदीकै घर भित्र बलात्कार गरेर आफू जेलसम्म आइपुगेको सुनाइन । साउदीको घर भित्र बंगाली एक्लै आफ्नो प्रयासले पस्न सक्दैनन । यसरी झुठ्ठा कुरा बोलेर सत्य लुकाउँछन हाम्रै नेपाली चेलीहरु पनि । मैले उहाँको कुरा सुन्ने बितिकै हामीले केही सहयोग गर्नुपर्छ कि भन्ने जवाफमा ती नेपाली चेलीले दुताबासका सरहरु सँग सोध्नुपर्ने बताइन र मैले कसरी घर जाने हो त अब भन्दा उनले नानीको बाबु नेपाली नै भएको प्रमाणित् गरे पछि मात्र जानु पाइन्छ रे ! भनिन । बिडम्बना अब कस्ले स्वीकार्ने उहाँलार्इ ? मलाई यस्तै लागेको थियो । तर, मैले उहासँग कुरा गरेको केही घण्टा पछि मध्य रातमा मलाई फोन आयो । फोन गर्ने ब्यक्ति नेपाली केटा नै थियो । उस्ले पहिले केही नसोधी मेरो नाम सोध्यो, भन्यो तेरो नाम केहो ? त कहाँको पत्रकार होस ? तैले के सहयोग गर्न सक्छस ? अर्काको चरित्र हत्या किन गर्छस ? जस्ता गाली गलौजसम्म गरे । जवाफमा मैले- ‘म भोली कुरा गर्छु’ भनें । किनकी म मस्त निन्द्रामा थिएँ । यसरी यहाँ वास्तविकता केहो भनेर बुझ्न मैले बिहान सम्पर्क गर्न खोज्दा मलाई फोन गरेको नम्बर हालसम्म बन्द रहेको छ भने जेल जिबन बिताउने नेपाली चेलीको नम्बरमा हाल एक पाकिस्तानी बोल्ने गरेका छन् । यहाँ मलाई शंका लागेको कुरा उनै जेल जिबन बिताइ रहेका चेलीले मेरो मोबाइल नम्बर उक्त ब्यक्तिलाई दिएको हुनसक्छ ।
कसरी प्रेममा फस्छन त नेपाली चेलीहरु साउदीमा ?
शुरुमा प्रायः गाउँबाट आएका नेपाली दिदी बहिनीहरुले २ वा ४ महिना भित्रमा मोबाइल किन्न सफल हुन्छन । उक्त कार्य गर्न उक्त घरमा कार्यरत ड्राइभर प्रयोग गर्छन । तत्पश्चात उक्त ड्राइभरले नै जुन देशको ब्यक्ति हो मोबाइल नम्बर बाहिर एक वा दुई हुँदै बिभिन्न ब्यक्तिको सम्पर्कमा पुग्छन । अनि फोनमा कुरा हुन थाल्छन । सुरुमा दिदी वा बहिनीको साइनो लागाएर बोली दिएपछि नेपाली दिदीबहिनीहरुले पनि आफ्नै दाजुभाइ सम्झिन पुग्छन अनि बिस्तारै कुरा हुन थाल्छन् । यसरी एक दुई दिन गर्दै दिनहुँ कुरा हुने गरे पछि दिदीबहिनी र दाजुभाइको नाताले अर्को मोड लिन्छ । र, प्रेम प्रस्ताबसम्म राख्न पुग्छन । त्यसपछि दुबैले एक अर्का लाई हेर्ने दृष्‍टिकोण बदल्न थाल्छन् र प्रेमी प्रेमिकाको रुपमा बदलिन्छन् उनीहरु । अनि उक्त घरको मालिकलाई जबरजस्ती मेरो श्रीमान साउदीमै कार्यरत छन, भेट्न दिनु भन्न लगाउँछन केटीहरुलाई । अनि केटीले पनि संसारमा माया प्रेम भन्दा अर्को नयाँ कुरा नै के छर् भन्ने सोच्न पुग्छन र आफ्नो प्रेमीले जे गर भन्छ, त्यही गर्दै जान्छन् । यदि उक्त घरको मालिकले स्विकार गरे ठिकै छ, स्विकार नगरे अबैध बाटो रोज्न पुग्छन र उक्त घरबाट भाग्न लगाउने र भगाउने काम नेपाली केटाहरुबाटै हुने गरेको छ ।
एक पीडित महिला भन्छिन, श्रीमान पनि मलेसिया गएको र ४ बर्षसम्म खबर नआएकोले वाध्य भएर बिदेसिनु पर्‍यो । यहाँ आएपछि एउटा केटाले दिनहुँ फोन गर्न थाले पछि, माया प्रेम फोनमै बस्यो । तर उस्ले वास्तविक माया गरेको बहाना बनार्इ ५ हजार साउदी रियाल लिएर गयो । उस्लाई मालिकलाई मेरो श्रीमान हो, यहाँ घरमा आउँछ भने पछि अनुमति दियो र आयो पनि । तर, पैसा दिएको केही घण्टाबाटै उ परिवर्तन भयो । त्यो दिन भन्दा अगाडि दिनहुँ फोन गर्ने मान्छेले, फोन गर्दा रिसाउने, झर्किने काममा व्यस्त छु भन्ने जस्ता बाहना बनाएपछि बल्ल थाहा भयो, ठगले ठग्यो भनेर ।
ती पीडितको भनाइ अनुसार, उक्त केटाले अन्य दिदी बहिनीहरुलाई पनि यसरी नै ठगी गरेको हुनसक्ने आशंका छ । पीडितले सम्पर्कमा आएपछि सोधपुछ गर्दा खुलाएको वास्तविकतामा आधारित् घटना हो । जुन जुन पीडित महिलाले सहयोग गरिदिन आग्रह गर्दै फोन सम्पर्क गरे पछि नेपाली दुताबास रियाद मार्फत आफू झुट्ठो माया प्रेममा ठग दलालीबाट ठगिएको हुनाले उपयुक्त कानुनी कारबाही गरी पाउँ भनी निबेदन समेत हाम्रो सगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको सहयोगमा नेपाली दुताबास रियादमा पुर्याइएको छ । दुताबासले साउदी अरबमा कारबाही गर्न कानुनी ब्यबधान रहेको जनाउँदै बैदेशिक रोजगार बिभाग काठमाडौंमा सिफारिस गरेका छन । पीडितले न्याय पाउने सम्भावना काम देखिन्छन । बैदेशिक रोजगार बिभागले ठग दलाललाई कानुनी कारबाही गर्छन् या गर्दैनन हेर्न बांकी छ ।
यस्तै अर्को रमाइलो प्रसंग । साउदी अरबमा प्रायः पुरुष र महिलाहरु कसैले पनि प्रत्यक्ष भेट गरेर कुराकानी गर्न पाँउदैनन । तर यहाँ मैले यस्तो पनि पाएँ फोन सम्पर्कमा माया प्रेम बसेको । तर, केटीले केटालाई छोड्न चाँहदा केटाले मलाई सम्पर्क गरी सम्झाइ बुझाई गरी दिनुहुन आग्रहसम्म गरेको ताजा घटनाहरु छन् । सबै कुरा बुझ्दै जाँदा केटीको घरमा श्रीमान बाल्बच्चा रहेका छन् भने केटा पनि बिबाहित र छोरा छोरीको बाबु बनी सकेको पाइएको छ । अनि दुबैलाई सम्झाउँदा केटाले केटीलाई हद भन्दा बढी माया गर्ने कुरा गर्छन् । उनीहरुको मुखबाट सुन्दा साउदीमा फोनमा माया प्रेम बसे पछि धोका खाँदा पागल बनेर आफ्नै हात काटेर चिरा चिरा बनाइ माया प्रेम देखाएको तस्वीर पनि उपलब्ध भएको छ । यहाँ मैले गरेको अध्ययनले के देखाउँछ भने जुनसुकै ब्यक्तिहरु जब समाज र आफन्तको डर राख्दैनन, आफ्नै इज्जतको ख्याल राख्दैनन र अभिभावकत्व बिहिन बन्छन तब उनिहरुले यो बाटो अपनाएको देखिएको छ । कतिपयको बैबाहिक सम्बन्ध यही कारण टुटेको छ भने कतिपयले क्षणिक मनोरन्जनमा भुल्दा आफ्नो इज्जत लुटाएर स्वदेश फर्केका छन् । कतिपयले आफ्नो बर्ष दिनसम्म परिश्रम गरेको कमाइ ठग दलालीको हातमा पुगेर बेखर्ची बनेका छन ।
भबिष्यमा भारतको बाटो भएर अबैध रुपमा साउदी भित्रिए पनि यहाँ कानुनको दायरामा रहेर काम गर्न सिकून । नेपाली दिदीबहिनीहरुले अन्जान र अपरिचित ब्यक्तिले पटकपटक फोन सम्पर्क गरे फोनमा कुरा नगर्दै राम्रो हुनेछ। साउदी आउनु अगाडि यहाँको बस्तुस्थितिको बारेमा बुझ्ने कोशीस गरुन । सकेसम्म आफू नजिकको छिमेकीहरुको सम्पर्क नम्बर र नेपाली दुताबासको सम्पर्क नम्बर बोकेर आउँदा आइपर्ने समस्या राख्न सजिलो हुनेछ । यो लेख पूर्ण रुपमा बिभिन्न समयमा मलाई फोन सम्पर्क गर्ने नेपाली दिदीबहिनी र केही नेपाली दाजुभाइ सँगको सम्बादको आधारमा तयार भएको हो ।
(www.nrnaksa.org)

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS