''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » काठमाडौमा पनि हेपाटाइटिस ई को जोखिम

काठमाडौमा पनि हेपाटाइटिस ई को जोखिम

Written By Anonymous on Saturday 10 May 2014 | 00:01

काठमाडौ, वैशाख २७ – पूर्वको विराटनगर क्षेत्रमा फैलिएको हेपाटाइटिस ई को जोखिम काठमाडौ र आसपासका क्षेत्रमा पनि रहेको विज्ञहरुले बताएका छन् । विराटनगर र आसपासमा फैलिएको हेपाटाइटिस ई काठमाडौ र अरु सहरमा पनि फैलिन सक्ने भन्दै सचेत रहन उनीहरुले सुझाव दिएका छन् ।

हेपाटाइटिस ई भाइरस संक्रमित व्यक्ति काठमाडौ आउँदा उसको दिसामार्फत ढल हुँदै खाने पानीमा भाइरस संक्रमण हुनसक्ने शुक्रराज ट्रफिकल तथा सरुवा रोग केन्द्रका डा. शेरबहादुर पुनले बताउनुभयो ।



काठमाडौको ढल व्यवस्थापन उपयुक्त नभएकाले जोखिमको खतरा रहेको उहाँको भनाई छ । काठमाडौमा ४।५ जना मान्छेमा मात्रै हेपाटाईटिस ई को संक्रमण देखिएमा त्यसको असर ठूलो जनसंख्यामा छिटै फैलिने जोखिम रहेको पुनले बताउनुभयो । नीजि अस्पताल वा नर्सिङ होममा यस्ता बिरामी देखिए तत्काल सरकारी निकायमा खबर गरे नियन्त्रणमा सहयोग पुग्नेछ ।

महामारी फैलिएको क्षेत्रका व्यक्ति काठमाडौ वा अन्य ठाउँमा जाँदा जाँच गरेर मात्रै पठाउन सके अरु सहरको जनसंख्या कम जोखिममा पर्ने भएपनि त्यस्तो कुनै संयन्त्र नभएको बताउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बावुराम मरासिनीले भने काठमाडौमा खानेपानी र सरसफाइलाई ध्यान दिने भएकाले पनि जोखिम कम भएको दिनुभयो ।

उहाँले खानेपानी उमालेर मात्रै पिउने, हात सफा गरेर मात्रै खानेकुरा बनाउने तथा सफा खानेकुरा खाएमात्रै पनि हेपाटाइटिस ई को जोखिम कम हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरसफाइमा ध्यान नदिने हो भने काठमाडौको जनसंख्या पनि ठूलो जोखिममा पर्न सक्छ, तर त्यसैले सरसफाइमा एकदमै ध्यान दिन जरुरी छ ।’

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS